• २०८३ असार १५ गते सोमवार

बागमतीमा डुबेर बेपत्ता बालक दुई दिनपछि मृत फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २१, सर्लाही । कात्तिक पूर्णिमाको अवसरमा बागमती नदीमा नुहाउन गएका सर्लाहीका एक बालक दुई दिनपछि मृत फेला परेका छन् । सर्लाहीको रामनगर गाउँपालिका–१ खैर्वा बस्ने मनोज यादवका १४ वर्षीय छोरा आशिक यादव गत १९ कात्तिकको बिहान साढे ६ बजे बागमती नदीमा नुहाउने क्रममा बेपत्ता भएका थिए ।

बेपत्ता भएका आशिकको शव शुक्रबार बिहान रौतहटको दुर्गा भगवती गाउँपालिका –२ स्थित बागमती नदीको किनारमा फेला परेको हो । घटनास्थलमा प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली खटेर खोजतलास गरेको थियो ।

सम्बन्धमा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस