• २०८३ बैशाख २० गते आइतवार

आइपिएल : रोयल च्यालेन्जर्स बैंगलुरुले मुम्बई इण्डियन्सलाई दियो २ सय २२ रनको चुनौति

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

चैत २५, काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बैंगलुरु मुम्बई इण्डियन्सलाई २ सय २२ रनको चुनौति दिएको छ। मुम्बईको वानखेडे स्टेडियममा मुम्बईले टस जित्दै फिल्डिङ रोज्यो। रोयल च्यालेन्जर्सले २० ओभरमा ५ विकेट खर्चेर २ सय २१ रन बनायो।

ओपनर फिल साल्ट ४ रनमा नै आउट भए। यसपछि विराट कोहली र देवदत्त पाडिक्कलले दोस्रो विकेटको लागि ९१ रनको साझेदारी गरे। यो क्रममा विराटले २९ बलमा अर्धशतक बनाए। उनले ६ चौका र २ छक्काको मद्दतमा ५० रन जोडे। पाडिक्कल भने २२ बल खेल्दै ३७ रनमा आउट भए।

तेस्रो विकेटको रूपमा कोहली ६७ रनमा आउट भए। उनले ४२ बल खेल्दै ८ चौका र २ छक्का प्रहार गरे। तेस्रो विकेट गुमाउँदा रोयल च्यालेन्जर्सले १४३ रन बनाएको थियो। लगतै लायम लिभिङ्स्टन रनको खाता नखोली आउट भए।

यसपछि कप्तान रजत पाटिदार र जितेश शर्माले पाँचौं विकेटको लागि ६९ रनको साझेदारी गरे। रजतले सानदार ब्याटिङ गरे। ४ चौका र ३ छक्का प्रहार गर्दै मात्र २५ बलमा अर्धशतक बनाए।

३२ बल खेल्दै ६४ रनको महत्वपूर्ण पारी खेल्दै ट्रेन्ट बाउल्टको बलमा आउट भए। जितेश अविजित ४० रनमा क्रिजमा रहे।

बलिङमा हार्दिक पाण्ड्याले ४ ओभर बलिङ गर्दै ४५ रन खर्चेर २ विकेट लिए। ट्रेन्ट बाउल्टले पनि ४ ओभर बलिङ गर्दै ५७ र। दिएर २ विकेट लिए।

रोयल च्यालेन्जर्स चौथो खेलमा तेस्रो जितको खोजीमा छ। पाँचौं खेल खेलिरहेको मुम्बईले तीन खेल हारिसकेको छ। उसलाई दोस्रो जित निकाल्ने दबाब छ।

मुम्बई र बैंगलुरु बीच अहिलेसम्म ३३ खेल भइसकेका छन्। यीमध्ये मुम्बईले १९ र बैंगलुरुले १४ खेल जितेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस