माघ २५, काठमाडौं । सुनको मुल्य आज चार सय रुपैयाँले घटेको छ । सुनकाे मुल्य आज चार सय रुपैयाँले घटेर तोलाकाे एक लाख ६८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
लगातार चार दिनदेखि बढेको सुनको मुल्य आज केही घटेको हो । हिजो सुनको मुल्य तोलाको एक लाख ६८ हजार पाँच सय रुपैयाँ रहेको थियो ।
यस्तै आज चाँदीकोमुल्य भने बढेको छ । चाँदीको मुल्य पाँच रुपैयाँले बढेर तोलाको एक हजार नौ सय ८५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।