• २०८३ बैशाख ५ गते शनिवार

एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २०, काठमाडौं ।  राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आजको दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्दैछन् ।

त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा चितवनले टस जितेर पहिला ब्याटिङ रोजेको छ । प्लेअफ दौडबाट बाहिरीसकेका चितवन र पोखराका लागि आज प्रतिष्ठाको लडाईं मात्रै हुनेछ । दुवै टोलीले छ खेलबाट समान चार अङ्क जोडेका छन् । आज भएको पहिलो खेलमा विराटनगरले सुदूरपश्चिमलाई पराजित गरेकोे थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस