• २०८३ बैशाख १५ गते मङ्गलवार

एमालेका महासचिव पोखरेलको टिप्पणी: मधेशको राजनीतिमा आएको परिवर्तन स्वागतयोग्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २०, काठमाडौं ।  नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेश प्रदेशको राजनीतिमा परिवर्तन सकारात्मक र स्वागतयोग्य भएको टिप्पणी गरेका छन् ।

मधेशमा काँग्रेसका संसदीय दलका नेता कृष्ण प्रसाद यादव शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएपछि महासचिव पोखरेलले टिप्पणी गर्दै मधेशको राजनीतिमा देखिएको यो परिवर्तन निश्चय नै सकारात्मक र स्वागतयोग्य रहेको र मधेसी जनताको जनादेश अनुरुपको नेतृत्व स्थापित हुनु लोकतान्त्रिक परिपक्वताको संकेत भएको बताएका छन् ।

उनले भनेका छन्:

मधेस प्रदेशमा कांग्रेस र एमालेका नेता मुख्यमन्त्री हुनै सक्दैनन् भन्ने धारणा एमाले नेता सरोज यादवले जोखिम मोलेर तोडे। त्यसपछि अहिले नेपाली कांग्रेसका नेता श्रीकृष्ण यादव मधेसवादी दलको समर्थनमा मुख्यमन्त्री बन्न सफल भए । नेपाली राजनीतिमा देखिएको यो परिवर्तन निश्चय नै सकारात्मक र स्वागतयोग्य छ। मधेसी जनताको जनादेश अनुरुपको नेतृत्व स्थापित हुनु लोकतान्त्रिक परिपक्वताको संकेत हो ।

Sharing

प्रतिक्रिया दिनुहोस