• २०८३ बैशाख १३ गते आइतवार

भावना राउतलाई समर्थन गर्दै गृहमन्त्रीलाई सुधनको प्रश्न : ओली सरकारकै पारामा ढल्किनु भएको हो ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २० , काठमाडौं । जेनजी आन्दोलनका अगुवा सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याललाई महेश बस्नेतलाई किन पक्राउ नगरेको भन्दै प्रश्न गरेका छन् । भावना राउतको फेसबुक स्टाटस शेयर गर्दै गुरुङले एउटै अभिव्यक्तिमा डा. निकोलास भुसाललाई पक्राउ गरेको सरकारले बस्नेतलाई पक्राउ नगरेको भन्दै गृहमन्त्रीमाथि प्रश्न गरेका हुन् ।

‘निकोलस भुषाल र महेश बस्नेतको अभिव्यक्तिमा आखिर फरक के देख्नुभयो, गृहमन्त्रीज्यू ? अनि किन निकोलस मात्रै पक्राउ परे ? कि शक्तिशालीलाई नछुन ओली सरकारकै पारामा ढल्किनु भएको हो ?’, गुरुङले शेयर गरेको भावनाको फेसबुक स्टाटसमा लेखिएको छ, ‘बन्द कोठामा प्रश्न गर्दा गर्दा थाकेर आएको अभिव्यक्ति हो यो। लाग्छ, आन्दोलन हार्दैछ।’

Sharing

प्रतिक्रिया दिनुहोस