• २०८३ जेष्ठ २९ गते शुक्रवार

जेनजी आन्दोलनमा बुढानीलकण्ठका मेयरको घर तोडफोड गर्ने दुई महिला पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २० , काठमाडौं । जेनजी आन्दोलनका क्रममा बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीको घरमा तोडफोड गरेको आरोपमा दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम माई नगरपालिका-८ की २० वर्षीया निशा राई र गुल्मी हस्तिचौर गाउँपालिका-२ की २२ वर्षीया आयुषा कुमाल रहेका छन् ।

प्रहरीका अनुसार उनीहरूलाई बुधबार बुढानीलकण्ठको गैरीगाउँबाट पक्राउ गरिएको हो । प्रारम्भिक अनुसन्धानका क्रममा भदौ २४ गते भएको प्रदर्शनमा उनीहरूले मेयर अधिकारीको घरमा तोडफोड गरेको खुलेको बताइएको छ ।

आरोपीहरूमाथि हाल प्रहरी वृत्त बौद्धले थप अनुसन्धान अघि बढाइरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस