भदौ २१, पोखरा । पोखरामा जारी एभरेष्ट महिला भलिबल लिग अन्तर्गत मधेश युनाइटेडले पहिलो जित हासिल गरको छ । शनिबार सम्पन्न तेस्रो खेलमा मधेश युनाइटेडले पोखरा निन्जाजलाई ३ खेलको सोझो सेटमा पराजित गरेको हो ।

मधेशले २५-१९, २५-१९ र २५-२३ को सेटमा जित हासिल गरेको थियो । उद्घाटन खेलमा ललितपुर क्विन्ससँग हर बेहोरेको मधेश युनाइटेडले दोस्रो खेलमा जित हासिल गरेर लिगमा कमब्याक गरेको छ । त्यस्तै पोखरा निन्जाजले भने लगातार दोस्रो हार बेहोरेको छ ।
अब आइतबार लिगका दुई खेल हुदैछन् । आइबार पहिलो खेलकाठमाडौँ स्पाइकर्स र मधेश युनाइटेड खेल्ने छन् भने दोस्रो खेलमा लुम्बिनी लाभास र पोखरा निन्जाज खेल्ने छन् ।