• २०८३ बैशाख ४ गते शुक्रवार

ललितपुर क्विन्सको लगातार दोस्रो जित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २१, काठमाडौं । पोखरामा जारी एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणमा ललितपुर क्विन्सले दोस्रो जित हासिल गरेको छ ।

शनिबार सम्पन्न खेलमा ललितपुर क्विन्सले काठमाडौँ स्पाइकर्सलाई ३-० को सोझो सेटमा पराजित गरेको हो । ललितपुरले २५-१९, २५-२३ र २५-२१ को सेटमा काठमाडौँमाथि जित हासिल गरेको हो ।

ललितपुरले यो लगातार दोस्रो जित हो । ललितपुरले यसअघि मधेश युनाइटेडलाई पराजित गरेको थियो ।

अब आज दोस्रो खेल कर्णाली यशविस र लुम्बिनी लाभासबीच दिउसो ३ बजे हुने छ । त्यस्तै तेस्रो खेल पोखरा निन्जाज र मधेश युनाइटेडबीच ५ बजेदेखि हुने तालिका रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस