• २०८३ बैशाख १६ गते बुधवार

नेपाली महिला फुटबल टोली आज भुटानसँग भिडदैँ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २१, काठमाडौं । नेपाल र भुटान बिचमा आज प्रतिस्पर्धा हुदैँछ । एएफसी यु–२० एसियन कपको १२औं संस्करणमा छनोट खेलमा नेपालले घरेलु टोली भुटानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।


नेपाली महिलाटोलीले बुधबारको  ‘छनोट प्रतियोगिता’को आफ्नो पहिलो खेलमा घरेलु टोली भुटानसँग प्रतिस्पर्धा गर्न लागेको हो । सो खेल चाङ्लिमिथाङ रंगशालामा नेपाली समय अनुसार साँझ ५ः४५ बजेबाट सुरू हुनेछ । दुई साता अघि मात्रै बंगलादेशको राजधानी ढाकामा सम्पन्न साफ यु–२० च्याम्पियनसिपमा नेपाल र भुटान दुई पटक आमने–सामने भएका थिए । डबल राउन्ड रोविन पद्धत्तिको प्रतिस्पर्धामा दुवै लेग नेपालको पक्षमा गएको थियो । नेपाली टोलीले भुटानको पोस्टमा कूल १४ गोल गर्दा मात्र एक गोल मात्रै जवाफमा पाएको थियो ।

समूह ‘ए’मा रहेको नेपालले भुटान पछि साउदी अरेबिया र तीन पटकको विश्वकप विजेता उत्तर कोरियासँग खेल्ने तालिका छ । उत्तर कोरिया एएफसी एसियन कप र विश्वकप दुवैको साविक विजेता पनि हो ।

Sharing

प्रतिक्रिया दिनुहोस