• २०८३ बैशाख २८ गते सोमवार

नेपाल पराजित, उज्वेकिस्तान फाइनल चरणमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार २१, काठमाडौं । नेपाल एएफसी महिला एसियन कप छनोट चरणबाट बाहिरिएको छ ‌। आज तेस्रो तथा अन्तिम घरेलुु टोली उज्वेकिस्तानसँग ३-३ को बराबरीपछि पेनाल्टी सुटआउटमा ४-२ ले पराजित भएपछि नेपाल समूह चरणबाट बाहिरिएको हो । नेपाललाई हराउँदै आयोजक उज्वेकिस्तान एसियन कपमा छनोट भएको छ।

पहिलो हाफमा ३-१ ले पछि परेको नेपालले दोस्रो हाफमा सानदार कमब्याक गर्यो। निर्धारित ९० मिनेटको खेल ३- ३ को बराबरीमा सकियो। खेलको निर्णय टाइ ब्रेकरबाट भयो। जहाँ नेपाल ४-२ ले पराजित भयो।

टाइब्रेकरमा उज्वेकिस्तानको लागि माफतुना सोयीमोभा, उमिदा जोइरोभा, मदिना खिमातोभा र असलखोन अमिनजोनाभाले गोल गरे।

नेपालको लागि गीता राना र साविता राना मगरले गोल गरे। पहिलो पेनाल्टी हानेकी गोल मसिन कप्तान सावित्रा भण्डारी ‘साम्बा’को प्रहार पोष्टमा लाग्यो। चौथोमा गोलकिपर अन्जना राना मगरको प्रहारलाई किपरले बचाइन्।

त्यसअघि खेलको दोस्रो मिनेटमा नै उज्वेकिस्तानले अग्रता बनायो। फेरुजा टुर्डिबोएभाको सटलाई डिफेन्डर गीताले हेडर मार्फत ब्लक गरेपनि अनमार्क रहेकी खाबिबुलेएभाले बक्स भित्रबाट पहिलो बारमा गोल गर्दा गोलकिपर अन्जनाले कुनै मौका नै पाइनन्।

पहिलो गोल खाएर सम्हालिन नपाउँदै नेपालले १२ औं मिनेटमा दोस्रो गोल बेहोर्यो। उज्वेकिस्तानकी कप्तान लिउडमिला कराचिकको क्रस गोल लाइन नजिकै रहेकी नेपालकी समिक्षा घिमिरेको खुट्टामा लागेर गोलमा परिणत भयो।

खेलको २४ औं मिनेटमा नेपालले गोल फर्कायो। कप्तान साम्बाले गोल गरिन्। अन्जनाको लामो गोल किकमा उज्वेकिस्तानकी किपर मातफुना बक्स बाहिर आएर हेड गर्दै बल कलियर गर्न खोजिन्। बल क्लियर भएन । रश्मि कुमारी घिसिङले हेडर पास दिएको बललाई साम्बाले करिब २५ यार्डबाट हानेको लेफ्ट फुटेट सटले जाली चुम्यो। उनको यो ६१औं खेलमा ६५ औं गोल हो। नेपालले खेललाई २-१ मा पुर्यायो।

तर खेलको ३७ औं मिनेटमा सरस्वती हमालको ह्यान्ड भएफछि उज्वेकिस्तानले पेनाल्टीको अवसर पायो। मातफुना सोयीमोभाले गोल गरिन्। उज्वेकिस्तानले ३-१ को अग्रता बनायो।

पहिलो हाफको इन्ज्युरी समयमा साम्बालाई फाउल हानेकी नोजिमाखोन इर्गासेबा दोहोरो पहेंको कार्ड पाउँदै मैदान बाहिरिन्। उज्वेकिस्तान १० जनामा समेटियो।
दोस्रो हाफमा १० जनामा समेटिएको उज्वेकिस्तान विरूद्ध नेपालले आक्रमक खेल खेल्यो।

७१ औं मिनेटमा नेपालले गोल गर्यो। खेललाई ३-२ मा पुग्यो। लगतै ७२ औं‌ मिनेटमा साम्बाले गोल गरिन्। साम्बा को त्यो ६४ औं गोल हो । नेपालले खेललाई ३-३ को रोमाञ्चक बराबरीमा पुर्यायो।

यो हारमा नेपाल एसियन कपमा पुग्न सकेन । नेपाल विश्व कप र ओलम्पिक छनोट बाट पनि बाहिरिएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस