• २०८३ बैशाख ११ गते शुक्रवार

नेपाल सुपर लिगमा आज झापा र चितवन खेल्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २४, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज झापा एफसी र एफसी चितवनबीच खेल हुँदैछ । खेल बेलुका ६ बजे दशरथ रङ्गशालामा हुनेछ ।

सात टोली सहभागी प्रतियोगितामा झापा एफसी लगातार दुई खेलमा बराबरीसहित दुई अङ्कका साथ पाचौं स्थानमा छ । चितवन एफसी लगातार दोस्रो जीतसहित ६ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ ।

नेपाल सुपर लिगमा हिजो भएका खेलमा धनगढी एफसी र ललितपुर सिटीले बराबरी खेलेका छन् भने पोखरा थन्डर्सले काठमाण्डौ रेजर्सलाई २–० गोलले हराएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस