फागुन २२, काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सचिवमा डा.विकास देवकोटालाई नियुक्त गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले तेस्रो नम्बरमा सचिव बढुवाका लागि सिफारिश भएका देवकोटालाई मन्त्रालयको सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा रहेको बढुवा सिफारिश समितिले पहिलो नम्बरमा अतिरिक्त सचिव डा.संगिता कौशल मिश्र,दोस्रो नम्बरमा डा.टंक बाराकोटी र तेस्रो नम्बरमा देवकोटालाई सचिव बढुवाका लागि सिफारिश गरेको थियो ।
यस्तै प्रशासन सेवातर्फको सचिवमा मधेश प्रदेश सरकारका कायममुकायम प्रमुख सचिव मदन भुजेललाई बढुवा गर्ने निर्णय भएको छ ।
बढुवा सिफारिश समितिको बैठकले भुजेललाई दोस्रो नम्बरमा सचिवमा बढुवाका लागि सिफारिश गरेको थियो ।