• २०८३ जेष्ठ २८ गते बिहिवार

बालुवाटारमा सर्वपक्षीय बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १९, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सर्वपक्षीय बैठक बोलाएकी छन् । आज अपराह्न ४ बजेका लागि प्रधानमन्त्री कार्कीले सर्वपक्षीय बैठक बोलाएकी हुन् ।

बैठकमा राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रतिनिधिलाई बोलाइएको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ ।

बैठक फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनलगायत विषयमा केन्द्रित हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस