• २०८३ बैशाख १४ गते सोमवार

लापसे र मापसे गरी सवारी साधन चलाउने ९ चालक नियन्त्रणमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक १९, काठमाडौ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा भएको चेकिङमा लागूपदार्थ सेवन (लापसे) र मादकपदार्थ सेवन (मापसे) गरी विद्यालयको सवारी साधन सहित अन्य सवारी साधन चलाउने ९ जना चालक ट्राफिक प्रहरीको नियन्त्रणमा लिइएको छ ।

बुधबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा भएको चेकिङमा लागु पदार्थ सेवन गरी सवारी साधन चालाउने ४ जना चालक र मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ५ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

मादक पदार्थ सेवन गरि सार्वजनिक भाडाका सवारी साधन चलाउने २ जना, स्कुल बसका चालक २ जना र माईक्रो बसका चालक १ जना गरी जम्मा ५ जना चालक र लागुऔषध सेवन गरी सवारी साधन चलाउदै गरेका भाडा बसका ४ जना चालकलाई ट्राफिक प्रहीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा आएका चालकलाई आवश्यक अनुसन्धानको लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस