• २०८३ जेष्ठ ५ गते मङ्गलवार

अपडेट: दुई दिनमा विपद्का घटनामा ४९ जनाको मृत्यु, ५ जना बेपत्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १९, काठमाडौं । असोज १८ र १९ गते विपद्का घटनामा परेर देशभर कम्तिमा ४९ जनाको मृत्यु भएको छ । बाढीपहिरो, चट्याङ तथा सवारी दुर्घटनामा परेर दुई दिनमा ४९ जनाको मृत्यु भएको छ ।

बाढी पहिरोबाट मृत्यु हुनेमा इलाममा ३७ जना, रौतहटमा चट्याङ लागेर ३ जना र पाँचथर, खोटाङ र उदयपुरमा एक एक जनाको मृत्यु भएको छ । त्यस्तै पाँचथरमा दुर्घटनाबाट ६ जनाको मृत्यु भएको छ ।

त्यस्तै ५ जना बेपत्ता रहेका छन । जसमा रसुवामा खोलाले बगाएर ४ जना बेपत्ता रहेका छन् भने इलाममा पहिरोमा परेर एक जना बेपत्ता रहेका छन् ।

त्यस्तै दुई दिनमा १२ झन घाइते भएका छन् भने इलामबाट दुई जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस