• २०८३ बैशाख १८ गते शुक्रवार

अध्यक्ष बस्नेतलाई पक्राउ गर्न खोजेकोप्रति महासङ्घको ध्यानाकर्षण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २७, काठमाडौं । नेपाल पत्रकार महासङ्घले प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई समाचारको विषयलाई लिएर नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउको प्रयास गरेको घटनाप्रति महासङ्घको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासङ्घका महासचिव रोशन पुरीले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा काठमाडौँको एउटा होटलमा छलफल कार्यक्रममा सहभागी हुनुभएका अध्यक्ष बस्नेतलाई प्रहरीको साइबर ब्यूरोले जबरजस्ती पक्राउ गर्न खोजेपछि छलफलमा रहेका अन्य पत्रकारले प्रतिरोध गरेपछि पक्राउ नगरी प्रहरी फर्किएको उल्लेख छ ।

सम्प्रेषित समाचारप्रति परेका उजुरी तथा गुनासा हेर्ने काम प्रेस काउन्सिल नेपालको भएको र काउन्सिलको क्षेत्राधिकारलाई हस्तक्षेप गर्दै प्रहरीले पत्रकार बस्नेतलाई पक्राउको प्रयास गरिएको यो घटनाले प्रेस स्वतन्त्रतामाथि गम्भीर आघात पुगेको महासङ्घले जनाएको छ ।

“महासङ्घ प्रहरीको यो हस्तक्षेपको कडा शब्दमा निन्दा गर्दछ र प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ”, विज्ञप्तिमा उल्लेख छ ।

May be an image of text

Sharing

प्रतिक्रिया दिनुहोस