• २०८३ कार्तिक ९ गते आइतवार

मेसीको दुई गोलमा अर्जेन्टिनाको भेनेजुएलामाथि शानदार जित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २०, काठमाडौं । अर्जेन्टिनाले दक्षिण अमेरिकी क्षेत्रको विश्वकप छनौटमा भेनेजुएलामाथि शानदार जित हासिल गरेको छ । शुक्रबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले भेनेजुएलालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा अर्जेन्टिनाको जितमा लियोनेल मेसीले २ गोल गरेका थिए । त्यस्तै एक गोल लाउतारो मार्टिनेजले एक गोल गरेका थिए । यो जितपछि अर्जेन्टिनाको १७ खेलमा ३८ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । अर्जेन्टिना यसअघि नै विश्वकपमा छनौट भएको छ । अब विश्वकप छनौट अन्तर्गत अर्जेन्टिनाले आफ्नो अन्तिम खेल सेप्टेम्बर ९ मा इक्वेडरसँग खेल्ने तालिका छ ।

त्यस्तै भेनेजुएलाको भने १७ खेलमा १८ अंक रहेको छ भने यो हारपछि विश्वकपमा सिधै छनौट हुन असफल भएको छ ।

दक्षिण अमेरिकी क्षेत्रबाट ६ देश सिधै विश्वकपमा छनौट हुने छन् भने एक देश इन्टर कन्टिनेन्टल छनौट खेल्ने अवसर पाउने छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस