• २०८३ बैशाख १४ गते सोमवार

१६ वर्षमुनिको इस्ट जोन कप : नेपालले टस हारेर बलिङ गर्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २१, काठमाडौं । एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगिताअन्तर्गत सिङ्गापुरसँगको फाइनल खेलमा नेपालले टस हारेको छ । मलेशियाको बाङ्गीमा सिङ्कापुरले टस जितेर केही बेरमा ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्दैछ ।

नेपालले सेमिफाइनलमा घरेलु टोली मलेशियालाई नौ विकेट र सिङ्गापुरले हङकङलाई चार विकेटले हराउँदै फाइनलमा पुगेको हो । नेपाल र सिङ्गपुर एउटै समूह ‘ए’ मा थिए ।

समूह चरणको खेलमा नेपालले सिङ्गापुरलाई छ विकेटले हराएको थियो । यो समूहबाट नेपाल शीर्ष र सिङ्गापुर दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेका थिए । नेपाल १६ वर्षमूनीको इस्ट जोन कप क्रिकेटको साविक विजेता टोली हो ।

Sharing

प्रतिक्रिया दिनुहोस