बैशाख २२, काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरबादलाई जितको लागि १ सय ३४ रनको अत्यन्त सहज चुनौति दिएको छ। राजीव गान्धी इन्टरनेशनल स्टेडियममा टस जितेर सनराइजर्सले फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको दील्लीले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३३ रनमा समेटियो।

अत्यन्त खराब सुरूवात गरेको दील्लीले पहिलो पावर प्लेको समाप्तीमा २६ रन मात्र जोड्दा ४ विकेट गुमाइसकेको थियो। सनराइजर्सका बलर प्याट कमयुमिन्सले सानदार सुरूवात दिलाए। उनले पहिलो तीन क्रमका ब्याटर करूण नायरलाई शुन्य रनना, फाप डु प्लेसिसलाई ३ रनमा र अभिषेक पोरेललाई ८ रनना आउट गरे। लगतै कप्तान अक्सर पटेल ६ रनमा र के एल राहुल पनि १० रनमा पबिलियन फर्किए। मात्र २९ रन जोड्दा दील्लीले २९ रन मात्र बनायो। यसपछि विपराज निगम पनि १८ रन जोडेर रन आउट भए।
यसपछि ट्रिस्टान स्टब्सले अविजित ४१ र आठौं क्रमका आशुतोष शर्माले ४१ रन बनाएपछि दिल्ली अत्यन्त कम योगफलमा समेटिनबाट जोगियो।
बलिङमा प्याट क्युमिन्सले ४ ओभरमा १९ रन दिएर ३ विकेट लिए। दिल्ली १२ अंक सहित लिग तालिकाको ५ औं स्थानमा रहेको छ। मात्र ६ अंक सहित सनराइजर्स नवौं स्थानमा रहेको छ।