• २०८३ जेष्ठ ७ गते बिहिवार

आरटीसी भुटानलाई ७ गोलले हराउँदै चर्च ब्वाइज बुढासुब्बा गोल्डकपको फाइनलमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २३, काठमाडौं । भुटानको आरटीसी क्लबलाई हराउँदै चर्च ब्वाइज युनाइटेड बुढासुब्बा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ । धरान रङ्गशालामा आज भएको पहिलो सेमिफाइनलमा चर्च ब्वाइजले आरटीसी क्लबलाई ७–० गोलले हरायो ।

चर्च ब्वाइजका समिर तामाङ र अर्मान्ड बेदोङ्गले ह्याट्रिक तथा पदम भट्टराईले १ गोल गरे । प्रतियोगिताको दोस्रो सेमिफाइनलमा भोलि न्युरोड टिम (एनआरटी) क्लब र भारतको यूके एफसी खेल्दैछन् । प्रतियोगिताको फाइनल खेल आउँदो शनिवार माघ २६ गते हुनेछ ।

२५औं संस्करणको बुढासुब्बा गोल्डकपको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

Sharing

प्रतिक्रिया दिनुहोस