• २०८३ बैशाख ८ गते मङ्गलवार

लामिछाने चितवन जिल्ला अदालतमा, न्यायधिस ढकालको इजालसमा बयान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २३ , चितवन । सहकारी प्रकरणमा पुर्व गृहमन्त्री रबि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित भएका छन् । सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा मुद्दा दर्ता भएकाले उनी आज जिल्ला अदालत, चितवनमा उपस्थित भएका हुन् ।

आजवाट बहस सुरू हुने लामिछानेको मुद्दा न्यायाधीश दयाराम ढकालको २ नम्बर इजलासमा परेको जनाइएको छ ।

लामिछानेसहित १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध ठगी तथा संगठित अपराध अभियोगमा चितवन अदालतमा मुद्दा दर्ता भए पछि उनी बयान दिन चितवन पुगेका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस