• २०८३ बैशाख ७ गते सोमवार

यसकारण अमिताभ बच्चनसँग विवाह गरेँ : जया

खबर२४ नेपाल पढ्न लाग्ने समय : ४ मिनेट

मंसिर १८, काठमाडौं । राज्यसभा सांसद तथा बलिउड अभिनेत्री जया बच्चनले हालै एक अन्तर्वार्तामा आफ्नी नातिनी नव्याको विवाह, पापाराजी र अभिनेता तथा उनका श्रीमान् अमिताभ बच्चनबारे आफ्नो धारणा सार्वजनिक गरेकी छिन् । आइतबार जया बच्चनले मोजो स्टोरीको ‘वी द वुमन’ कार्यक्रममा भाग लिँदै पत्रकार बरखा दत्तासँग विभिन्न मुद्दाका बारेमा धारणा रोखेकी हुन् ।

जयाले १३ वर्षको उमेरमा फिल्मी करिअर सुरु गरेकी थिइन् । उक्त क्षण स्मरण गर्दै उनले यो सब आफ्ना खेलजस्तै भएको बताएकी छिन् । आफूलाई धेरैले माया गरेको उनले स्मरण गरेकी छन् ।

“म अलि बिग्रेको मान्छे थिएँ,” उनले भनेकी छिन् ।

बरखाले उनलाई सोधिन्, “सबैभन्दा ठूलो दुष्कर्म के हो ?” जवाफमा जया भन्छिन्, “तिमी सधैँ मेरा फिल्म हेरिरहन्छौ नि, त्यही ठूलो दुष्कर्म हो ।”

जयाको जवाफ सुनेर कार्यक्रममा उपस्थित आयोजक, पाहुना र दर्शकहरू गलल्स हाँस्छन् ।

जयाले अभिनय करिअर सत्यजित रेको सिनेमा ‘महानगर’बाट सुरु गरेकी थिइन् ।

‘म नव्याले बिहे गरोस् भन्ने चाहन्नँ’
बरखा दत्तले जया बच्चनलाई सोधिन्, “के विवाह पुरानो संस्था हो ?” यसमा उनले सहमति जनाइन् । अनि नातिनी नव्याको विवाहसँग सम्बन्धित प्रश्नमा उनले भनिन्, “म नव्याको विवाह होस् भन्ने चाहन्नँ । म अब हजुरआमा भएँ ।”

“नव्या केही दिनमा २८ वर्षकी हुँदै छिन् । म अब उनलाई सल्लाह दिन धेरै बूढी भइसकेकी छु,” जयाले थपिन्, “परिस्थिति धेरै परिवर्तन भएको छ । आजका केटाकेटीहरू स्मार्ट छन्, तिनीहरूले हामीलाई उछिन्न सक्छन् ।”

‘पापाराजी’बारे पनि बोलिन्
सामाजिक सञ्जालमा यस्ता धेरै भिडियोहरू देखा परेका छन्, जहाँ जयाले पापाराजीहरूलाई गाली गरिरहेको देखिन्छ ।

पापाराजीसँगको सम्बन्धबारे सोध्दा उनले जवाफ दिइन्, “मिडियासँग मेरो सम्बन्ध राम्रो छ । म मिडियाकै उत्पादन हुँ । तर, पापाराजीसँग मेरो सम्बन्ध शून्य छ ।”

त्यसपछि जयाले भनिन्, “यी मानिसहरू को हुन् ? के उनीहरूलाई भारतीयहरूको प्रतिनिधित्व गर्न तालिम दिइएको छ ? तपाईं उनीहरूलाई मिडिया भन्नुहुन्छ ? म मिडियाबाट आएको हुँ । मेरा बुवा पत्रकार हुनुहुन्थ्यो । मलाई उहाँप्रति धेरै सम्मान छ ।”

हातमा मोबाइल हुँदैमा अरूको तस्बिर खिच्न नपाइने उनको धारणा छ । कसको कस्तो तस्बिर खिच्ने र कसको नखिच्ने स्वयं व्यक्तिमा ज्ञान हुनुपर्नेमा उनले जोड दिइन् ।
“हातमा मोबाइल फोन हुँदा, उनीहरू तपाईंको तस्बिर खिच्न सक्छन् भन्ने सोच्छन् । उनीहरू कस्ता मानिस हुन्, कहाँबाट आएका हुन् ? उनीहरूसँग कस्तो शिक्षा छ ?” उनले प्रश्न गन् ि।

यता, जया सामाजिक सञ्जालमा लेख्छिन्, “मेरा एक कर्मचारीले मलाई भने– म्याडम, म कुनै पनि सामाजिक सञ्जालमा जान्नँ । किनभने त्यहाँ तपाईंलाई घृणा गरिन्छ । मैले उनलाई भनें– मलाई यसको वास्ता छैन ।”

अमिताभ, राजनीति र फिल्म करिअर
श्रीमान् अमिताभ बच्चनसँग सम्बन्धित प्रश्नमा जयाले अमिताभको अनुशासनले लोभ्याउने गरेको बताएकी छिन् ।

अमिताभको अनुशासनबारे उनले भनिन्, “उनी (अमिताभ बच्चन) मजस्तो खुलेर बोल्दैनन् । तर, उनलाई आफ्नो कुरा सही समयमा र सही तरिकाले कसरी राख्ने भन्ने थाहा छ ।

तर, मलाई यो थाहा छैन । हामीबीचको भिन्नता यही हो । उनको व्यक्तित्व फरक छ, त्यसैले मैले उनीसँग विवाह गरेँ ।”

अमिताभको राजनीतिमा प्रवेशलाई आफूले समर्थन गरेको पनि जयाले उक्त अन्तर्वार्तामा बताएकी छन् । उनी भन्छिन्, “मैले घरदैलोमा प्रचार गरेँ । म राजनीतिमा प्रवेश गर्दा मैले केही भन्छु कि भनेर मेरो परिवार डराएको थियो ।”

करिअरको शिखरमा पुगेपछि अभिनय छोड्न गाह्रो भयो नि भन्ने प्रश्नमा जया भन्छिन्, “एक दिन मेरी छोरीले मलाई के गर्दै छौ भनेर सोधिन् । मैले सुटका लागि मेकअप गर्दै छु भनेँ । उनले मलाई सुटमा नजान र बुबालाई जान दिनुस् भनिन् । त्यसपछि मलाई फिल्मी करिअर रोक्ने समय आएको जस्तो लाग्यो । र, मैले फिल्म खेल्ने प्रस्ताव अस्वीकार गर्न थालेँ ।”

फिल्मी करिअर रोक्नुको मुख्य कारण, उनी आफैँ पनि थाकिसकेकी थिइन् । लामो समयदेखि एकै खालका भूमिकामा काम गरिरहेकी थिइन् । नयाँ भूमिका आउँदैनथे ।
“तर मैले पाएको आमा र श्रीमतीको भूमिका ती सबैमध्ये सबभन्दा रोचक थिए,” उनले भनेकी छिन् ।

फिल्मी करिअरमा फर्कनेबारे पनि उनले आफ्नो धारणा सार्वजनिक गरेकी छन् । “श्वेता (बच्चन)को विवाह भएपछि म एक्लै भएँ । त्यसपछि मलाई कहिल्यै यति धेरै दुःख लागेको थिएन,” जयाले भनेकी छिन्, “मलाई थाहा छैन किन, म उनका लागि धेरै कडा आमा भए पनि मैले आफूलाई रुनबाट रोक्न सकिनँ ।”

त्यसबेला गोविन्द निहलानी जयाकोमा आए र सोधे, “के तपाईं ‘हजार चौरासी’की आमाको भूमिका निर्वाह गर्नुहुन्छ ?” जयाले तुरुन्तै जवाफ दिइन्, “हो, म अवश्य गर्नेछु ।” बीबीसी

Sharing

प्रतिक्रिया दिनुहोस