• २०८३ बैशाख ३ गते बिहिवार

पावर प्लेमा काठमाण्डू गोर्खाजको खराब सुरुआत

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १८, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आज भइरहेको खेलमा काठमाण्डू गोर्खाजले पोखरा एभेन्जर्सविरुद्ध ब्याटिङ पावर प्लेमा खराब सुरुआत गरेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको काठमाण्डूले पोखराविरुद्ध पहिलो ६ ओभरमा दुई विकेट गुमाएर ३१ रन बनाएको छ ।

हाल क्रिजमा रहेका ओपनर बेन चाल्र्सवर्थले १९ रन बनाएका छन् । मिल्न्दि कुमार एक रनमा खेलिरहेका छन् । त्यसअघि पभेलियन फर्किएका राशिद खानले सात रन जोडे । ओपनर आकाश त्रिपाठी शून्यमा आउट भए । पोखराका धनन्जय लक्षणले दुई विकेट लिए ।

पोखरा प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ । पाँच खेल खेलेको पोखराले दुई जित र तीन हारसहित चार अंक मात्र जोडेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस