• २०८३ जेष्ठ १० गते आइतवार

कलेजबाट अध्ययन भ्रमणमा चितवन गएकी १८ वर्षीया स्नेहा पाख्रिनको छतबाट खसेर मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १८, चितवन ।  चितवनको रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचारका क्रममा बकुहर अस्पतालमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सिन्धुली गुरुकुल कलेजबाट अध्ययन भ्रमणमा चितवन आएकी हुन् ।

उनी सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्थायी बासिन्दा हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस