• २०८३ असार ९ गते मङ्गलवार

११ जना नेपाली राजदूतलाई नेपाल फर्कन सरकारको पत्राचार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १८, काठमाडौं । सर्वोच्च अदालतले राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्न आदेश दिए पनि सरकारले उनीहरूलाई नेपाल फर्कन निर्देशन दिएको छ। परराष्ट्र मन्त्रालयले राजदूतहरूलाई मन्त्रालयमा हाजिर हुन पत्र पठाएको पुष्टि भएको छ।
गत आइतबार सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै अन्तरिम सरकारको निर्णय तत्काल लागू नगर्न निर्देशन दिएको थियो। तर, सर्वोच्चको आदेशपछि पनि प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीस्तरीय निर्णयका आधारमा हिजो राजदूतहरूलाई नेपाल फर्कन पत्र पठाइएको हो।

परराष्ट्र मन्त्रालयका सहसचिव सुरेन्द्रकुमार यादवद्वारा पठाइएको पत्रमा आगामी कात्तिक २० गते ९बिहीवार० भित्र मन्त्रालयमा सम्पर्क गर्न र अर्को व्यवस्था नभएसम्म मन्त्रालयमै हाजिर रहन भनिएको छ। मन्त्रिपरिषद्को असोज ३० गते बसेको बैठकले चीन, जर्मनी, मलेसिया, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका लागि रहेका नेपाली आवासीय राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।

Sharing

प्रतिक्रिया दिनुहोस