• २०८३ जेष्ठ २१ गते बिहिवार

एमालेको सचिवालय बैठक सर्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १८, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सरेको छ । आइतबार बस्ने भनिएको एमालेको ५८औँ सचिवालय बैठक अब आगामी शुक्रबार बस्ने तय भएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भिष्म अधिकारीले जानकारी दिएका छन् ।

अविरल वर्षाका कारण बाढीपहिरो र डुबान भएकाले बैठक सारिएको बताइएको छ ।

एमालेको केन्द्रीय कमिटी बैठक यही असोज २७ देखि २९ गतेसम्म काठमाडौंमा बस्ने गरी तय गरिएको छ । यसअघि असोज १२ गते एमालेको सचिवालय बैठक बसेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस