• २०८३ जेष्ठ २८ गते बिहिवार

एक खेलअघि नै बंगलादेशले जित्यो अफ्गानिसनविरुद्धको सिरिज

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १८, काठमाडौं । बंगलादेशले अफगानिस्तानविरुद्धको टी-२० सिरिज एक खेल अघि नै जितेको छ । युएईको शारजाहमा जारी सिरिजको दोस्रो खेलमा गएराती बंगलादेशले अफगानिस्तानलाई २ विकेटले पराजित गरेको हो ।

अफगानिस्तानले दिएको १४८ रनको लक्ष्य पछाएको बंगलादेशले १९.१ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि अफगानिस्तानले पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाएर १४७ रन बनाएको थियो ।

यो जितपछि बंगलादेशले सिरिज २-० ले जितेको छ । अब सिरिजको तेस्रो तथा अन्तिम खेल आइतबार हुदैछ ।

Sharing

प्रतिक्रिया दिनुहोस