• २०८३ बैशाख ३१ गते बिहिवार

बकैयामा इभि भ्यान दुर्घटना : तीन घाइते, एकको अवस्था गम्भीर

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १९, मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ३ जलजलेमा आज बिहान इभि भ्यान दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। दुर्घटनामा परेका एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

स्थानीय विजय लामा थिङको अनुसार बिहानको समयमा भ्यान अनियन्त्रित भई सडकबाट तल खस्दा यात्रुहरू घाइते भएका हुन्। घाइतेहरूमध्ये एकको अवस्था गम्भीर रहेकाले छ । घाइतेहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

सुरक्षाकर्मीहरू घटनास्थलमा पुगिसकेका छन् भने स्थानीय बासिन्दाहरूको सहयोगमा घाइतेको उद्धार गरिएको थियो। दुर्घटनामा संलग्न इभि भ्यान कुन कम्पनीको हो र कहाँ जाँदै थियो भन्नेबारे विस्तृत विवरण आउन बाँकी छ।

Sharing

प्रतिक्रिया दिनुहोस