• २०८३ बैशाख २३ गते बुधवार

बालिका करणी गर्ने बाराका युवक पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १९, बारा। ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ परेका छन् । सिम्रौनगढ नगरपालिका–१० देवापुर टेटा टोल बस्ने ३१ वर्षीय छोटेलाल प्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

छोटेलालले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस