असार २०,कास्की। पोखरा महानगरपालिका–५ को सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण भएको छ । महानगरको रु चार करोड ६४ लाख लागतमा चारतले भवन निर्माण भएको हो ।

वडाध्यक्ष विष्णुप्रसाद बरालका अनुसार भवन निर्माण गर्न रु सात करोड २६ लाख ६४ हजार ६२३ लाग्ने अनुमान गरिएकामा रु चार करोड ८४ लाखमा निर्माण सम्झौता हो।
यसैबीच, पोखरा महानगरका प्रमुख धनराज आचार्यले महानगरका ३३ वटा वडामध्ये अब दुई वटा वडामा मात्र भवन बन्न बाँकी रहेको बताउनुभयो ।