• २०८३ बैशाख ५ गते शनिवार

विश्वकै सबैभन्दा वृद्ध जापानी महिलाको १ सय १६ वर्षको उमेरमा निधन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस २०, काठमाडौं । विश्वकै सबैभन्दा वृद्ध जापानी महिला टोमिको इटोकाको एक सय १६ वर्षको उमेरमा निधन भएको आशिया शहरले आज घोषणा गरेको छ ।

चार छोराछोरी तथा पाँच नातिनातिना भएको इटोकाको नर्सिङ होममा निधन भएको दक्षिणी सहरका मेयरले एक विज्ञप्तिमार्फत जानकारी दिनुभयो । उहाँको जन्म आशिया नजिकैको ओसाकाको वाणिज्य केन्द्रमा सन् १९०८ मे २३ मा भएको थियो ।

स्पेनकी मारिया ब्रान्यास मोरेराको एक सय १७ वर्षको उमेरमा अगस्ट सन् २०२४ मा निधन भएपछि इटोकालाई विश्वको सबैभन्दा वृद्ध व्यक्तिको रूपमा मान्यता दिइएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस