• २०८३ असार ९ गते मङ्गलवार

दक्षिण अफ्रिकाविरुद्धको टी-२० सिरिजका लागि भारतीय टिमको घोषणा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १७, काठमाडौं ।   दक्षिण अफ्रिकाविरुद्धको पाँच खेलको टी-२० सिरिजका लागि भारतीय टोलीको घोषणा गरिएको छ । टी-२० सिरिजका लागि सूर्यकुमार यादवको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरिएको हो ।

टिममा भारतका टेस्ट कप्तान शुभमन गिललाई शसर्त समावेश गरिएको छ । टेस्ट खेलका क्रममा घाइते गिललाई फिटनेस रिपोर्टको आधारमा टिममा सामेल गरिने भारतीय क्रिकेट कन्ट्रोल बोर्डले जनाएको छ । त्यस्तै भारतीय टिममा एसिया कप फाइनल अघि घाइते भएका हार्दिक पाण्ड्याले पुनरागमन गरेका छन् ।

टी-२० सिरिज डिसेम्बर ९ बाट सुरु हुने छ भने पहिलो खेल कटकमा खेलिनेछ । त्यस्तै दोस्रो खेल डिसेम्बर ११ मा नयाँ चण्डीगढमा, तेस्रो खेल डिसेम्बर १४ मा धर्मशालामा, चौथो खेल डिसेम्बर १७ मा लखनउमा र पाँचौं खेल डिसेम्बर १९ मा अहमदाबादमा खेलिने तालिका रहेको छ ।

२०२६ को टी-२० विश्वकपको तयारीका लागि यो सिरिज भारतको लागि महत्त्वपूर्ण छ । भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने यो प्रतियोगिता फेब्रुअरी ७ मा सुरु हुनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस