• २०८३ बैशाख ४ गते शुक्रवार

 मधेश प्रदेशमा नयाँ सरकारको दाबी पेश गर्न आव्हान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १७, काठमाडौं ।  मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नयाँ सरकार गठनको आव्हान गरेका छन् । प्रदेश प्रमुख कर्णले संविधानको धारा १६८ उपधारा २ बमोजिम शुक्रबार साँझ ५ बजेसम्मको समय दिएर नयाँ सरकार गठनको दाबि पेश गर्न आव्हान गरेको प्रदेश प्रमुखको कार्यालयक निमित्त सचिव शत्रुघन यादवले जानकारी दिएका छन् ।

त्यस्तै प्रदेश प्रमुख कर्णले मुख्यमन्त्री सरोज कुमार यादवले दिएको राजीनामा स्वीकृत गरेका छन् । यसअघि मुख्यमन्त्री यादवले प्रदेश सभाको बैठकमा विश्वासको मत लिनुअघि राजीनमाको घोषणा गरेका थिए । यादवलाई २४ घण्टाभित्र विश्वासको मत दिन सर्वोच्च अदालतले परमादेश जारी गरेपछि आज विश्वासको मत लिनुअघि राजीनामा दिएका हुन् ।

अब सर्वोच्चको आदेश अनुसार संविधानको धारा १६८ उपधारा २ बमोजिम संयुक्त सरकार गठनको प्रक्रिया अघि बढेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस