• २०८३ असार ११ गते बिहिवार

‘छोरीका पाइला’ले पायो १४ हजार अमेरिकी डलर अनुदान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १७, काठमाडौं ।  दियो साउथ एसियाको ‘छोरीका पाइला’ प्रोजेक्ट्स फर पिस मार्फत १४ हजार अमेरिकी डलर अनुदान पाएको छ । यो सहयोगले ग्रामीण नेपालमा महिनावारी सम्बन्धी समस्या, लैगिक विभेद र स्वास्थ्य शिक्षा अभावका मुद्दा समाधान गर्ने प्रयासलाई सम्बोधन गर्नेछ ।

प्रकृति मानन्धर, गौरव प्रधान, अश्लेषा श्रेष्ठ र काजोल लुप्लुङ्गे गुरुङको नेतृत्वमा सञ्चालन भएको कार्यक्रमले महिनावारी स्वास्थ्य शिक्षा तथा आधारभूत सुविधामा पहुँच विस्तार गर्न लक्षित विभिन्न गतिविधि सञ्चालन गरेको छ ।

कार्यक्रमअन्तर्गत ६०० बढी विद्यार्थीलाई सहभागी गराई कार्यशाला आयोजना गरिएको थियो । महिनावारीबारे खुला संवाद सुरु गरी दीर्घकालीन समाधानका लागि ५७ आमालाई पुनःप्रयोग गर्न मिल्ने स्यानिटरी प्याड उत्पादन गर्ने सीपसम्बन्धी तालिम दिइएको थियो ।

यस पहलअन्तर्गत दुई विद्यालयमा डब्लुएसएच (वास) संरचना निर्माण गरिएको छ । ती संरचनामा समावेश १४ शौचालयले बालिकाका लागि विद्यालयमा सुरक्षा, गोपनीयता र उपस्थितिमा सुधार ल्याउने अपेक्षा गरिएको छ ।

युडब्लुएस नेपाल तथा स्थानीय समुदायसँगको साझेदारीमा कार्यान्वयन भएको ‘छोरीका पाइला’ लाई शिक्षासँगै महिला सशक्तीकरणमा जोडिएको दियोले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस