• २०८३ बैशाख २८ गते सोमवार

उज्यालो नेपाल पार्टीको घोषणासभा आज : दीर्घकालीन दृष्टि र घोषणापत्र सार्वजनिक हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १७, काठमाडौं ।   संरक्षक कुलमान घिसिङको उपस्थितिमा उज्यालो नेपाल पार्टी आज औपचारिक रूपमा सार्वजनिक हुँदैछ । प्रज्ञा भवन, कमलादीमा दिउँसो १ बजेदेखि ४ बजे सम्म हुने घोषणासभामा पार्टीले आफ्नो दीर्घकालीन दृष्टि, मूल ध्येय तथा ‘घोषणापत्र–२०८२’ प्रस्तुत गर्ने तयारी गरेको छ ।

ऊर्जामन्त्री समेत रहेका कुलमान घिसिङ कार्यक्रमका प्रमुख अतिथि हुनेछन् । पार्टीका अनुसार सभामा सैद्धान्तिक आधार, प्राथमिकता र आगामी कार्य योजनालाई स्पष्ट रूपमा सार्वजनिक गरिनेछ ।

पार्टीले मंसिर १२ गते जारी गरेको विज्ञप्तिमा आफूलाई दलहरूको भीडमा थपिएको साधारण पार्टी नभई, देशको ‘उज्यालो सपना’ पूरा गर्न सक्षम नेतृत्व, कार्यकुशलता र अनुभव बोकेको शक्ति भएको दाबी गरेको थियो । आम नेपाली जनताले भरोसा गर्ने नेतृत्व बनेर अघि बढ्ने लक्ष्य पनि पार्टीले दोहोर्‍याएको छ ।

युवा–जेनेरेसन (Gen Z) आन्दोलनले दिएको सक्रियताबाट प्रेरित पार्टीले समृद्ध राष्ट्र निर्माणका लागि परिणाममुखी संवाद र एकताको आह्वान गर्दै आजको घोषणा सभामार्फत औपचारिक यात्रा सुरु गर्न लागेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस