• २०८३ जेष्ठ १७ गते आइतवार

कैलालीबाट स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक १७ , कैलाली । धनगढी उपमहानगरपालिका-३ मिलनचोकबाट स्रोत नखुलेको नगद २८ लाख ३ सय ५० रूपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत लखिमपुर खिरी पलिया बस्ने २७ वर्षीय हरचित गुप्ता र २९ वर्षीय सागर गुप्ता रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले यूपि ३१ सिएन ११७५ नम्बरको कार जाँच गर्ने क्रममा उक्त नगद फेला पारी चालक हरचित र कारमा सवार सागरलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

 

Sharing

प्रतिक्रिया दिनुहोस