चैत ९, कपिलवस्तु । शिवराज नगरपालिका–४ चेनईका २४ वर्षीय रिजुवान मुसालमानको घर खानतलासी गर्दा शनिवार प्रहरीले पेस्तोल सहित एक युवालाई पक्राउ गरेको छ ।
घरमा हतियार राखेको बिशेष सुराकीको आधारमा उनको घर खान तलासी गरिएको थियो । उनी कुन समूहमा संलग्न छन भन्ने अहिले सम्म खुल्न सकेको छैन । उनको साथबाट एक थान कटुवा पेस्तोल र एक थान म्यागजिन सहित मुसलमानलाई पक्राउ गरिएको हो ।