• २०८३ जेष्ठ ७ गते बिहिवार

वेस्ट इन्डिजविरुद्ध बलियो अवस्थामा भारत: तीन खेलाडीले ठोके शतक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १७, काठमाडौं । भारत वेस्ट इन्डिजविरुद्धको टेस्टमा बलियो अवस्थामा पुगेको छ । जारी सिरिजको पहिलो खेलको दोस्रो दिनको खेल सकिदा भारतले २८६ रनको अग्रता हासिल गरेको छ ।

भारतलाई बलियो अवस्थामा पुर्याउन तीन खेलाडीले शतक प्रहार गरेका छन् । जसमा केएल राहुल १०० रन बनाएर आउट भए भने ध्रुब जुरेल १२५ रन बनाएर आउट भएका थिए । त्यस्तै रविन्द्र जडेजा १०४ रन बनाएर खेलिरहेका छन् ।

त्यसैगरी कप्तान शुभमन गिलले ५० रन बनाए भने यशस्वी जैसवालले ३६ रन बनाएका थिए । दोस्रो दिनको खेल सकिदा भारतले ५ विकेट गुमाएर ४४८ रन बनाएको छ । यस टेस्टमा वेस्ट इन्डिजले पहिलो इनिंगमा १६२ रन बनाएर अलआउट भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस