• २०८३ जेष्ठ १ गते शुक्रवार

विश्व आदिवासी दिवस मनाइने, सप्ताहव्यापी कार्यक्रम तय

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

साउन १८, काठमाडौं ।  विश्वभरिका आदिवासी समुदायद्वारा प्रत्येक वर्ष अगस्त ९ तारिखका दिन मनाइँदै आएको अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवसको ३१ औं संस्करण नेपालमा पनि भव्य समारोहका साथ मनाउने तयारी गरिएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद् सचिवालयको आयोजनामा यो दिवस राजधानीको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा मूल समारोहसहित सप्ताहव्यापी कार्यक्रमका साथ मनाइने भएको हो । यस वर्षको दिवसको मूल नारालाई ‘प्राकृतिक श्रोत, जल, जमिन र जंगल माथी आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, ग्ल्म्च्क्ष्ए र क्ष्ीण्ज्ञटढ सम्बन्धी सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यन्वयन गरौं’ भनिएको छ । कार्यक्रमको मूल समारोह श्रावण २४ गते शनिबार दिउँसो १२ः३० बजे राष्ट्रिय सभागृहमा आयोजना हुनेछ । सो अवसरमा आदिवासी जनजातिहरूको सांस्कृतिक झाँकी, मातृभाषामा तयार पारिएका गीतसंगीत, जातीय भेषभूषा, र रैथाने कलाकृतिहरूको भव्य प्रदर्शनीका साथै खुला सडक प्रस्तुति आयोजना गरेको छ । झाँकी र्‍याली बिहान ११ः०० बजे भृकुटीमण्डपबाट सुरु भई भद्रकाली, सुन्धारा, वीर अस्पताल, रत्नपार्क, पुरानो बसपार्क हुँदै पुनः प्रदर्शनीमार्गको राष्ट्रिय सभागृहमा पुगेर मूल समारोहमा परिणत हुनेछ ।कार्यक्रमको उद्घाटन संचार, सूचना तथा प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले गर्नेछन् । कार्यक्रममा संवैधानिक निकाय प्रमुखहरू, सांसदहरू, पार्टी प्रतिनिधिहरू, आदिवासी जनजातिका विशिष्ट व्यक्तित्वहरू तथा संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहनेछ ।

मूल समारोहमा बागमती प्रदेशको कामकाजको भाषामा तामाङ र नेपाली भाषा कार्यान्वयन गर्ने तत्कालीन मुख्यमन्त्री शालिकराम जमरकटेल र गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई आधिकारिक भाषा बनाउन पहल गर्ने वर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई ताम्रपत्रद्वारा सम्मान गरिनेछ । राष्ट्रिय सभागृह पछाडिको खुला क्षेत्रमा आदिवासी खानपिन प्रदर्शनी (फूड फेस्टिभल) र विक्री वितरण स्टलहरू पनि राखिनेछन् । त्यस्तै, दिवसलाई सप्ताहव्यापी उत्सवको रूपमा मनाउँदै विभिन्न संघसंस्थाहरूले विविध कार्यक्रमहरू आयोजना गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस