• २०८३ जेष्ठ ३ गते आइतवार

नदीमा बगेर बेपत्ता भएका वृद्धको शव फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १८, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ जोनापुरस्थित स्याली नदीमा बगेर बेपत्ता भएका अन्दाजी ७० वर्षीय गणेश कुँवरको शव आज फेला परेको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तारापुरस्थित शिवरमा बस्दै आएका कुँवर नदी तर्ने क्रममा शुक्रबार साँझ बगेर बेपत्ता भएका थिए । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक राजेश बस्नेतका अनुसार खोजतलास गर्ने क्रममा बगेको ठाउँभन्दा करिब दुई किलोमिटर दक्षिण सनवोरा र स्याली नदीको दोभानमा आज कँुवरको शव फेला परेको हो ।

शव परीक्षण गर्नका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पठाइएको जनाउँदै उहाँले कुँवरको तीन दिनसम्म प्रहरी, स्थानीय बासिन्दालगायतले खोजी गरेका बताउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस