• २०८३ बैशाख ११ गते शुक्रवार

पहिलो पटक नेपाललाई उपाधि दिलाउन सफल रवीन्द्र ढाँटलाइ प्रधानमन्त्रीले दिए बधाई

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 

साउन १८, काठमाडौं ।   प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइटमा च्याम्पियन बनेका नेपालका रवीन्द्र ढाँटलाई  बधाई दिएका छन्।

आइतबार नेपाली मिक्स्ड मार्सल आट्र्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ऐतिहासिक जित हासिल गरेकोमा प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन्।

 

उनले लेखेका छन्,‘भारतका चोंगरेंग कोरेनलाई हराउँदै रवीन्द्र ढाँट म्याट्रिक्स फाइट नाइट (एमएफए) १७ मा बान्टमवेट च्याम्पियन बन्न सफल हुनुभएको छ । पहिलो पटक नेपाललाई उपाधि दिलाउन सफल रवीन्द्रलाई हार्दिक बधाई।’

 

Sharing

प्रतिक्रिया दिनुहोस