असार १९, काठमाडौं । इङ्लिस क्लब लिभरपुलका फरवार्ड डियागो जोटाको कार दुर्घटनामा मृत्यु भएको छ । स्पेनमा भएको कार दुर्घटनामा उनको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पोर्चुगलको पोर्टोमा जन्मिएका फुटबलर जोटा २८ वर्षका थिए । उनी आफ्ना भाइ आन्द्रे जोटासँग यात्रा गरिरहेका बेला कार दुर्घटना भएको थियो ।
२६ वर्षीय आन्द्रे पनि फुटबल खेलाडी नै हुन् । उनको पनि मृत्यु भएको छ । जोटा सन् २०२० मा उल्भ्सबाट लिभरपुलमा ४ दशमलव १ करोड पाउन्डमा अनुबन्ध भएका थिए ।