चैत २१, काठमाडौँ । इण्डियन प्रिमियर लिग(आइपिएल) मा सनराइजर्स हैदराबादले कोलकाता नाइटराइडर्सविरुद्ध टस जितेको छ । कोलकाताको घरेलु मैदान इडन गार्डेन्स हैदराबादका कप्तान प्याट कमिन्सले टस जितेर बलिङ रोजेका हुन् ।

कोलकाता र हैदराबाद दुवैले पछिल्लो खेलमा हार बेहोरेका थिए । दुवै टोली आज चौथो खेल खेल्दैछन् । हैदराबाद दिल्ली क्यापिटल्ससँग पराजित हुँदा कोलकाता मुम्बई इण्डियन्ससँग पराजित भएको थियो । समान २ अंक रहेका हैदराबाद आठौं र कोलकाता दशौं स्थानमा छन् ।
अघिल्लो संस्करणको फाइनल सहित तीन पटकको भेटमा कोलकाता विजयी भएको थियो । पछिल्लो ५ मध्ये ४ खेलमा कोलकाता विजयी हुँदा १ मा हैदराबाद विजयी भएको छ ।