• २०८३ बैशाख २६ गते शनिवार

पोखराले कर्णाली याक्सलाई दियो २०२ रनको लक्ष्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १६, काठमाडौं ।   नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २०२ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको पोखराले २० ओभरमा २ विकेट गुमाउदै २०१ रन बनाएको हो ।

पोखराका लागि एडम रोसिङ्टनले अविजित १०८ रनको शतकीय पारी खेलेका थिए । एडमले ५८ बल खेल्दै १०८ रन बनाएका हुन् । त्यस्तै पोखराका लागि जासन रोयले ४६ रन बनाए भने धनन्जय लक्शानले अविजित २३ र कप्तान कुशल भुर्तेलले १८ रन बनाए ।

त्यस्तै कर्णालीका बलर नन्दन यादव र मार्क वाटले एक एक विकेट लिएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस