• २०८३ असोज १५ गते बिहिवार

  कृषि प्रधान देशमा अर्बौँका कृषि उपज आयात

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १६, पर्सा । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको प्रथम चार महिनामा पाँच अर्ब ८९ करोड बराबरका १६ थरिका खाद्यवस्तु आयात भएका छन् । गत आवको सोही अविधको तुलनामा यो एक अर्ब २४ करोडले बढी हो ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख विष्णुप्रसाद ज्ञवालीका अनुसार दुई अर्ब २९ करोड बराबरको चार करोड २१ लाख ८६ हजार १११ किलोग्राम मकै र दुई अर्ब एक करोड बराबरको पाँच करोड ४० लाख ४५ हजार ४१३ किलोग्राम धान आयात भएको छ ।

त्यसैगरी, एक अर्ब छ करोड मूल्यका एक करोड नौ लाख ४४ हजार ५६० किलोग्राम चामल आयात भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस