• २०८३ जेष्ठ ३ गते आइतवार

बेलायतको म्यानचेस्टरमा कार आक्रमण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १६, काठमाडौं । बेलायतको म्यानचेस्टरमा कार आक्रमणमा चार जना घाइते भएका छन् । आक्रमण यहूदी पूजास्थल नजिकै भएको थियो ।

आक्रमणमा संलग्न संदिग्धलाई प्रहरीले गोली हानेको छ र संदिग्ध आक्रमणकारीको मृत्यु भएको छ । प्रत्यक्षदर्शीले प्रहरीलाई घटनाको बारेमा जानकारी गराएका थिए ।

प्रत्यक्षदर्शीले कार मानिसहरूको भीडतिर दौडिरहेको र एक जनालाई कुल्चेको देखेका थिए । घटनापछि बेलायती प्रधानमन्त्री केइर स्टारमरले डेनमार्कको आफ्नो यात्रा रद्द गरेका छन् र कोपेनहेगनबाट फर्कदैछन् । स्टारमरले आज साँझ लन्डनमा आपतकालीन बैठक गर्ने बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस