• २०८३ बैशाख २६ गते शनिवार

नेपाली महिला क्रिकेट टिम मलेसियासँग ३ रनले पराजित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १६, काठमाडौं । नेपाली महिला क्रिकेट टिम मलेसियासँग ३ रनले पराजित भएको छ । विहिबार मलेसियामा सम्पन्न ५ खेलको सिरिजको पहिलो खेलमा मलेसियाले नेपाललाई ३ रनले पराजित गरेको हो ।

मलेसियाले दिएको १०५ रन लक्ष्य पछाएको नेपालले २० ओभरमा ७ विकेट गुमाउदै १०१ रन बनाएको थियो । यसअघि महिला ब्याटिंग गरेको मलेसियाले २० ओभरमा ५ विकेट गुमाउदै १०४ रन बनाएको थियो ।

यो जितसँगै ५ खेलको सिरिजमा मलेसिया १-० ले अगाडी भएको छ । अब सिरिजको अर्को खेल शनिबार हुने तालिका रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस