• २०८३ बैशाख ४ गते शुक्रवार

नेपाल र वेस्ट इन्डिजबीचको टी-२० सिरिजको खेल तालिका सामान्य परिवर्तन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १७, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले वेस्ट इन्डिजसँग हुने ऐतिहासिक टी-२० सिरिजको खेल नयाँ तालिका सार्बजनिक गरेको छ । क्यानले एशिया कपका कारण खेल तालिका केहि परिवर्तन भएको जानकारी दिदै सेप्टेम्बर २७, २९ र ३० मा खेल हुने जानकारी दिएको छ ।

नेपाल र वेस्ट इन्डिजबीचको यो सिरिज युएईको शारजाह क्रिकेट स्टेडियममा हुदैछ । यसअघि क्यानले सेप्टेम्बर २७, २८ र ३० मा हुने जानकारी दिएको थियो ।

अस्ट्रेलिया टूर सकेर आजै स्वदेश फर्किएको नेपाली क्रिकेट टिमले पहिलो पटक टेस्ट खेल्ने देशसँग सिरिज खेल्न लागेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस