• २०८३ बैशाख ७ गते सोमवार

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १५, काठमाडौं ।  पटक पटक स्थगित हुँदै आएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । सोमबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसमा नियमित वा विशेष महाधिवेशन गर्ने भन्नेबारे विवाद हुँदा केन्द्रीय कार्यसमिति बैठक पटक–पटक सर्दै आएको थियो । आज बैठक बस्नुअघि कार्यवाहक सभापति खड्काले सबै पक्षसँग अनौपचारिक छलफल गर्ने तयारी छ ।

गत असोज २८ गतेदेखि सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक नियमित वा विशेष महाधिवेशन गर्ने भन्ने विषयमा टुंगो नलाग्दा लम्बिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस